पन्तलाई सचिवमा बढुवासहित मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय


१९ आश्विन २०७८, मंगलवार
deuwa cabinet 1

काठमाडौं, १९ असोज । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउँदै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यूतो जानकारी दिए ।

यसैगरी बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सह–सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताए ।
बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णु प्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको ’हाइ लेबल मिटिङ’ मा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि बैठकले गरेको छ । बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७