सिटौलाले बोलाएको बैठकमा गएनन् गगन


२० आश्विन २०७८, बुधबार
gagan thapa

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जारी अधिवेशनका विषयमा छलफल गर्न डाकेको आफ्नो समूहको बैठकमा गगन थापा अनुपस्थित भएका छन् ।

सिटौला समूहको बैठकमा गगन थापालाई बोलाइए पनि बैठक चलिरहँदा थापा भने अर्को भेटघाटमा ब्यस्त भएका छन् । चाक्सीबारीमा प्रकाशमान सिंह, सांसद राजनकुमार केसी, संविधानसभा सदस्य दिपक कुइकेल, कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँसँग गगनको छलफल भएको बताइएको छ ।

बैठकमा जारी अधिवेशन, अधिवेशनमा गरिएको गठजोडले पुगेको फाइदा, अबका दिनमा हुने माथिल्लो तहका अधिवेशनमा अपनाउने रणनीति बारे छलफल भएको चाक्सीबारी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७