नेकपा (एस) मा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई


२१ आश्विन २०७८, बिहीबार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७