मन्त्रिपरिषद विस्तार लगतै महेश बस्नेतले भने, ‘वर्तमान गठबन्धन देश र जनता लुट्न’


२२ आश्विन २०७८, शुक्रबार
mahesh basnet

रूपन्देही, २२ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अहिलेको गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् ।

शुक्रबार रूपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रूपमा खडा भएको वर्तमान सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए । उनले वर्तमान सरकार लामो समयसम्म नटिक्ने पनि बताए ।

नेता बस्नेतले भोटका लागि झुटा आश्वासन दिने, मतदाताहरूलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांग्रेस भएको आरोप लगाए ।

उनले माधव नेपाल र प्रचण्ड कम्युनिस्ट नभएको जिकिर गर्दै उनीहरू कम्युनिस्टको आवरणमा जनतालाई शोषण गर्ने शक्तिको मतियार भएको आरोप लगाए । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनेको ८८ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिइरहेका बेला बस्नेतको यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७