रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ देउवाको क्याबिनेटमा मन्त्री


२२ आश्विन २०७८, शुक्रबार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौं, २२ असोज : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बनेका छन् ।

तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेवार बनेका श्रेष्ठले पौडेललाई पराजित गरेका थिए । तनहुँ १ बाट कांग्रेसका शीर्ष नेतालाई पराजित गरेर आएपनि एमालेले उनलाई मन्त्री बनाउने चर्चा थियो । तर उनी एमालेको मन्त्री बन्न सकेनन् ।

२०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए ।

नेकपा र एमालेभित्र विवाद निर्णायक चरणमा रहँदा श्रेष्ठ एमाले अध्यक्ष केपी ओली निकट थिए । पहिलो र दोस्रो पटक संसद् विघटन हुँदा पनि ओलीलाई उनीहरूले साथ दिँदै आएका थिए । दोस्रोपटक संसद् पुन: स्थापना भएसँगै दुवैले ओलीको साथ छाडेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७