हमालको राजीनामा जनताकै भावना अनुसार : नारायणकाजी श्रेष्ठ


२४ आश्विन २०७८, आईतवार

धनुषा, २४ असोज । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताको भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए ।

जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि जनताको ‘म्यान्डेट’ अनुसार राजनीनामा गर्ने अवस्था आएको बताए ।

‘राजीनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्न गर्नेछन्,’ नेता श्रेष्ठले भने, ‘संविधानमा रहेको प्रावधान अनुसार गैरसांसदलाई मन्त्री बनाइयो । तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपथ्र्यो ।’ गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए । सर्लाहीको लालबान्दीमा वाईसीएलले आयोजना गरेको कार्यक्रमा सहभागी हुन नेता श्रेष्ठ आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७