५९६ मा कोरोना संक्रमण, ८७१ जना निको, १० को मृत्यु


२४ आश्विन २०७८, आईतवार
korona

काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा आइतबार ५९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १२ हजार ४०४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ९,२३७ जनाको पीसीआर परीक्षण गर्दा ५६५ जना र ३,१६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७