‘पाकिस्तानी परमाणु बम’ का पिताको निधन


२५ आश्विन २०७८, सोमबार
000 9PF4UL G5Y4yf1H8A

काठमाडौं, २५ असोज । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ ।

लामो समयदेखि कोभिड–१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो । सन् १९७० को दशको सुरुआतमा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउने दिशातर्फ डोहोर्‍याउन उनको महत्वपूर्ण भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानका आन्तरिक मामिलामन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् ।

उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हजारौंको संख्यामा सर्वसाधारण जनताको उपस्थिति थियो । राजकीय सम्मान साथ उनको अन्तिम बिदाइ गरिएको छ । साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको स्थानीय प्रशासनले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७