अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर क्रमशः घट्दै


२५ आश्विन २०७८, सोमबार
America

काठमाडौं, २५ असोज । कोरोना भाइरसले क्षति पुर्‍याएको अमेरिकामा पछिल्लो समयमा भने केही सकारात्मक अवस्था देखिन थालेको छ ।

अमेरिकामा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्न थालेको छ । अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि एक लाख ९४ हजार रोजगारी सिर्जना भएको छ । अमेरिकामा महामारीजन्य समस्याबाट उत्पन्न भएको बेरोजगारी दर विस्तारै घट्दै गएको देखिएको हो ।

सेप्टेम्बर महिनाको मात्र एक लाख ९४ हजार रोजगारी सिर्जना भएको अधिकारीहरुले जनाएका छन् । यसबाट कम्तीका पनि ४.८ प्रतिशत बेरोजगारी दरमा कमी आएको छ । अमेरिकाको श्रम विभागले विस्तारै वरोजगारी दर घट्दै गएको जनाएको छ ।
पछिल्लो समय अमेरिकामा खोपको सुनिश्चितासँगै कोरोना भाइरसको प्रकोप केही घटेको छ । बजार खुल्न थालेका छन् ।

अगष्ट महिनामा ३ लाख ६६ हजार जनाले नयाँ रोजगारी पाएका थिए । त्यसैगरी जुलाई महिनामा यो संख्या करिब १० लाख पुगेको त्यहाँको श्रम विभागले हालै प्रकाशन गरेको एक तथ्यांकमा देखाइएको छ । तथ्यांकअनुसार यो वर्षको औसतमा हेर्दा अमेरिकामा मासिक रुपमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७