मनोज गजुरेलले गरे विवाह (हेर्नुस् तस्बिरहरु)


२५ आश्विन २०७८, सोमबार
manoj

काठमाडौं, २५ असोज । हाँस्य कलाकार मनोज गजुरेलले जोडी बाँधेका छन् । उनले आज विवाह गरेका हुन् । मञ्जु पोखरेलसँग विवाह गरेको मनोजले जानकारी गराएका छन् । आज (सोमबार) बिहान डोलेश्वर महादेव पुगेर परिवारको उपस्थितिमा विवाह गरेको उनले जानकारी दिए ।

manoj 1

उनले जीवन सधैं सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्धन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पारेका छन् । ‘लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनीरुपमा टुङ्गिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’

manoj 2

पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । ‘पोखरेलजीसँग चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्ठता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्‍यौं’, उनले लेखेका छन्, ‘अगाडि आईपर्ने सुख दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबु नानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्‍यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७