१४ मिनेट चलेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित

रेलवे विधेयक फिर्ता


२५ आश्विन २०७८, सोमबार
agni sapkota

काठमाडौं, २५ असोज । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आज (सोमबार) को बैठक सकिएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो ।

बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगन भएको हो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेश भयो । यस्तै बैठकले राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७