मुगु दुर्घटना : मृत्तककाे संख्या ३२ पुग्यो


२६ आश्विन २०७८, मंगलवार
mugu accident.2021 10 12 06 12 06

मुगु, २६ असोज । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, चार जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याएका थप चार जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चार जना उपचारका क्रममा बाँकेको नेपालगञ्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए ।

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई विमानस्थल लैजाँदै गर्दा मृत्यु भयो । बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र एक जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

तीन जना गाडीबाट हाम फालेको र दुई जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको पाइएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७