बालिका बलात्कार अभियुक्तले गरे कारागारभित्रै आत्महत्या


२७ आश्विन २०७८, बुधबार
death

पर्वत, २७ असोज । पर्वत कारागारमा रहेका बन्दी दुर्गाराज पाण्डेले कारागारभित्रै आत्महत्या गरेका छन् । फलेवास नगरपालिका–७ लिमिठानाका ५९ वर्षीय पाण्डेले मंगलबार बिहान आत्महत्या गरेका हुन् ।

२०७८ वैशाख २ गते ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राखेको थियो । उनले २०७८ असोज २६ गते बिहान सवा ६ बजेको समयमा कारागार प्रशासनभित्रै रहेको आइसोलेसन भबनमा झुण्डिएर आत्महत्या गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७