साफ च्याम्पियनसिप : नेपालबिरुद्ध बंगलादेशको अग्रता


२७ आश्विन २०७८, बुधबार
Nepal Vs Bangladesh

काठमाडौं, २७ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालबिरुद्ध बंगलादेशले अग्रता लिएको छ । नेपालबिरुद्ध बंगलादेशले १–० को अग्रता बनाएको हो । खेलको ९ औं मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका हुन् ।

आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपालले आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुग्नेछ ।

नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतिर चार अङ्कसहित चौथो स्थानमा रहेको बंगलादेशलाई पनि फाइल पुग्न जित्नैपर्ने दबाव छ । आज खेलमा जितेमा बंगलादेश फाइल पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७