‘अन टेस्ट’ ट्याक्टर दुर्घटना, एमाले जिल्ला अध्यक्षका छोराको मृत्यु


प्रकाशित मिति : October 13, 2021

बैतडी, २७ असोज । महाकाली राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकज नाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही ट्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्