सुनसान बन्यो काठमाडौं


२८ आश्विन २०७८, बिहीबार
kathamandu 1 scaled

काठमाडौं, २८ असोज । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैं) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैं तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।

काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दशैंमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७