ताइवानको एक भवनमा भिषण आगलागी : ४६ जनाको मृत्यु, दर्जनौं घाइते


२८ आश्विन २०७८, बिहीबार
taiwan 13tale aago k6ZMojwnE2

काठमाडौं, २८ असोज । दक्षिणी ताइवानको एक आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । आगलागीमा परी कम्तीमा ४१ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूकाअनुसार ७९ जनालाई अस्पताल लगिएको र तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको छ ।

काओसुङ सहरको एक १३ तले भवनमा बिहिबार बिहान करिब तीन बजेतिर आगो लागेको स्थानीय अग्नी नियन्त्रण अधिकारीहरूले बताएका छन् । अग्नी विभागका अधिकारीले एक विज्ञप्तीमार्फत् भीषण आगलागी भएको र धेरै तलाहरू ध्वस्त बनाएको बताएका छन् ।

आगो निभाउन अग्नि नियन्त्रकहरूलाई चार घण्टा भन्दा बढी समय लागेको थियो । आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । आगलागीको कारण खोज्न अनुसन्धान सुरु गरिएको छ । घटनास्थल नजिकैका मानिसहरूले आगलागी हुनुपुर्व विस्फोट भए जस्तो ठूलो आवाज सुनेको स्थानीय सञ्चार माध्यमलाई बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७