८४५ ले जिते कोरोना, १४७ नयाँ थपिए, एकको मृत्यु


३० आश्विन २०७८, शनिबार
korona

काठमाडौं, ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८४५ जना निको भएका छन् । १,७७३ जनाको नमूना परीक्षण गर्दा जम्मा १४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ । यस्तै थप ८४५ जनासहित संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार ७७६ जना पुगेको छ ।

२४ घण्टामा थप एक जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २७८ जना पुगेको छ । अहिले १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेकोमा तीन सय सात जनाको आईसीयू र ९७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७