सुडानमा सैनिकले सत्ता हात लिनुपर्ने विपक्षीको माग


३१ आश्विन २०७८, आईतवार
sudan 20211017011857

स्याङजा, ३१ असोज । सुडानमा संकट चुलिँदै गएपछि विपक्षीले त्यहाँको सत्ता सैनिकले हात लिनुपर्ने माग गरेका छन् । शनिबार राष्ट्रपति कार्यालय अघि हजारौँको संख्यामा उपस्थित ‘प्रजातन्त्रवादी’ हरूले प्रदर्शन गर्दै त्यस्तो माग गरेका हुन् ।

प्रजातन्त्रलाई सुदृढ गर्न केही समयका लागि सेना सत्ता कब्जा गर्नुपर्ने उनीहरूले माग गरेका हुन् । सन् २०१९ मा राष्ट्रपति ओमार अल बशिरको सत्ता ढलेदेखि सैनिक र नागरिकले सत्तामा सहकार्य गर्दै आइरहेका छन् । यद्यपि सेप्टेम्बरमा बशिरका समर्थकद्वारा सत्ता कब्जाको प्रयास विफल भएदेखि तनाव झन बढेको छ ।

सो घटनापछि सैनिक नेताहरूले सत्ता सहकार्यमा परिमार्जन गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले मन्त्रिमण्डल नै प्ररिवर्तन गर्नुपर्नेसम्मको कुरा गरिरहेका छन् । तर नागरिक तर्फका नेताहरूले भने त्यो सेनाको शक्ति आर्जन गर्ने खेल मात्र हुने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७