‘कमेडी च्याम्पियन’ भरतमणिलाई अभिनन्दन


३१ आश्विन २०७८, आईतवार
bharatmani1630136808

झापा, ३१ असोज । ‘कमेडी च्याम्पियन’ भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । हालै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए ।

अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

भर्खरै सम्पन्न रियालिटी शोमा उपाधि जित्दै पौडेलले २५ लाख र कार प्राप्त गरेपछि उनको कमेडीको यात्रा चुलिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७