नेपाल भ्रमण गर्ने एक मात्र अमेरिकी विदेशमन्त्री पावेलको निधन


१ कार्तिक २०७८, सोमबार
115340690 1e33bb37 ea92 48c5 8688 bf433cbf2e02

काठमाडौं, १ कातिक । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाको संक्रमणको कारणको निधन भएको छ । कोलिनको परिवारले अमेरिकी समयअनुसार सोमबार बिहान कोरोनाबाट सिर्जित जटिलताको कारण उनको निधन भएको जनाएका छन् ।

अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री पावेल ८४ वर्षका थिए । पावेल लामो समयसम्म रिपब्लिकन पार्टीको विदेश नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए । उनी अमेरिकी सेनाका पूर्व सेनापति पनि हुन् । उनी अमेरिकाको पहिलो अश्वेत राष्ट्रिय सुरक्षा सल्लाहकार र सेनापति पनि हुन् ।

भियतनाम युद्धबाट शुरु भएको उनको सैनिक जीवन खाडी युद्धमा जीतपछि राष्ट्रियस्तरमा लोकप्रिय बनेको थियो । सन् १९९६ र सन् २००० मा पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना भएपनिचुनावी प्रतिस्पर्धामा खासै रुची नदेखाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि शुरु भएको ‘आतंकवादविरुद्धको युद्ध’ मा पावेलकै नेतृत्वमा बुस सरकारले अन्तर्राष्ट्रिय समर्थन जुटाएको थियो । सन् २००२ मा पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । नेपाल भ्रमण गर्ने पावेल उच्च अमेरिकी अधिकारी मध्येमा पर्छन् । माओवादी सशस्त्र विद्रोह सञ्चालन भइरहेको समयमा भएको उनको भ्रमणलाई चासोका साथ हेरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७