घट्न थाल्यो तरकारीको मूल्य


२ कार्तिक २०७८, मंगलवार
tarkari scaled

काठमाडौं, २ कातिक । दसैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफुलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।

दसैैंको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही वस्तुको मुल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो । दसैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो ।

तर, दसैं सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै सामान्यकरण हुदैं गएको कारण मूल्य घट्ने क्रम जारी रहेको बताए । गोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य सोमबारबाटै घटिसकेको पनि उनले बताए ।

समितिका उपनिर्देशक श्रेष्ठले यसवर्ष बढी वर्षा भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गरे । यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैँंको समयमा मूल्य बढेको बताए ।

दसैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ ।

दसैं, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेको छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तीब्रता दिने गरे पनि व्यापारीहरुले भने हरेक वर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७