हुम्लामा हिमपात : लिमी, हिल्सा र यारी क्षेत्रमा थुप्रियो एक फिटसम्म हिउँ


२ कार्तिक २०७८, मंगलवार
snow fall humla himpat

काठमाडौं, २ कातिक । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सोमबारदेखि हिमपात भएको छ । उत्तरी नाम्खाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो। बर्षासगै हिमपात भएपछि त्यहाँको जनजीवन कष्टप्रद भएको छ ।

नाम्खा गाउँपालिका–५ को यारी र हिल्सा तथा ६ नम्बर वडामा पर्ने लिमीमा एक फिट भन्दा बढी हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

‘वर्षासँगै हिउँ पर्ने क्रम अझै रोकिएको छैन । जमिनमा हिउँ अझै जम्ने अनुमान छ,’ आचार्यले भने । हिउँ परेपछि यारी र हिल्सा क्षेत्रको तापक्रम तापक्रम माइसन चार डिग्रीमा झरेको छ । हिउँले जमिन भिज्ने भन्दै किसानहरु खुशी भएका छन् । हिउँ परेपछि हिउँदे बाली सप्रिने किसान बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७