नेप्से ७७ अंकले घट्यो, सबै समूहमा गिरावट


२ कार्तिक २०७८, मंगलवार
decreasing share

काठमाडौं, २ कातिक । शेयर बजारको परिसूचक नेप्से आज (मंगलबार) ७७.३३ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २,५१० अंकमा कायम भएको छ ।

यसअघि हिजो सोमबार ६९ अंकले घटेको थियो । यस दिन ३ अर्ब ७८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । हिजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो । यस दिन सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटे ।

७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घट्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७