एमाले स्थायी कमिटीको बैठक आज बस्दै, यस्ता छन् पाँच एजेण्डा


४ कार्तिक २०७८, बिहीबार
amale

काठमाडौं, ४ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (बिहीबार) बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे शुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

आजको एमाले स्थायी कमिटी बैठकमा पाँच विषयमा छलफल हुने जानकारी पनि उनले दिए ।
कार्यालय सचिव तामाङका अनुसार आजको बैठकका लागि यी ५ एजेन्डा तय गरिएको छ :
१. विधान महाधिवेशन समीक्षा ।
२. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा ।
३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा ।
४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश ।
५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७