प्रधानमन्त्रीले विश्वासको मत लिदैं : दुई तिहाई बहुमत पाउने, विपक्षमा कति मत ?

प्रधानमन्त्रीको पक्षमा मत हाल्न एमाले–माओवादी सांसदलाई ह्वीप


२७ फाल्गुन २०७४, आईतवार
KP Sharma Oli
b’O{ bnsf ;f+;bsf] k|lzIf0f k|wfgdGqL s]kL zdf{ cf]nL zlgaf/ afg]Zj/l:yt ;+;b ejgdf g]skf-Pdfn]_ / g]skf-dfcf]jfbL s]Gb|_af6 lgjf{lrt ;+3Lo ;f+;bsf] k|lzIf0f sfo{qmddf ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओली सरकारले आज विश्वास मत लिदैँछन् । यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका ओली नेतृत्वको सरकारलाई दुई तिहाई बुहमत प्राप्त हुनेछ ।

kp oli 2
फाइल तस्बिर ।

यसैबीच नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । ‘सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।’, उनले भने, ‘जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।’
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।’
उनले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।

https://youtu.be/QC6bL-WCu8w

विपक्षमा कति छ बहुमत ?
प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २ सय १० जना सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा २८ मत बढी देखिएको छ ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७, संघीय समाजवादी फोरम नेपाल १६ सांसदको समर्थन रहने देखिन्छ ।
त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वा्चित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्नेछन् ।
प्रधानमन्त्रीको विपक्षमा अहिले नेपाली कांग्रेस मात्र देखिएको छ । उसको ६३ जना सांसद रहेका छन् ।

 पक्षमा
–एमाले १२१
–माओवादी केन्द्र ५३
–राजपा १७
–फोरम १६
–स्वतन्त्र ः ३ (राजमो १, राप्रपा १, छक्क लामा)
विपक्षमा
–कांग्रेस ६३
अनिर्णीत
–स्वतन्त्र ः २
–नयाँ शक्ति १,
–नेमकिपा १

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७