प्रचण्डले काभ्रेमा जिपलाइन चढेर लिए मज्जा


५ कार्तिक २०७८, शुक्रबार
prachanda jeepline 6 12pPLbdoO7

काभ्रे, ५ कातिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काभ्रेमा जिपलाइन चढेका छन् । शुक्रबार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।

नाति, नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।

काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीस्थित धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दूरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ ।

उक्त दूरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिमश्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७