बाढीबाट प्रदेश–१ मा ५० हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति


५ कार्तिक २०७८, शुक्रबार
Dhan Kisan Badhi1634663965

मोरङ, ५ कातिक । प्रदेश–१ मा बाढीको कारण ५० हजार हेक्टरमा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । काटेको १० हजार हेक्टर समेत गरी जम्मा उत्पादनमा सम्पूर्ण रुपमा १५ प्रतिशत क्षति भएको प्रदेश सरकारको प्रारम्भिक आंकलन छ ।

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले बाढीबाट धनजन र अन्नबालीमा भएको क्षतिबारे सदनलाई जानकारी गराएका हुन् ।

आचार्यले कटाई भइसकेपछि कूल उत्पादन हुनेमध्ये साढे सात प्रतिशत जति नष्ट हुने अनुमान रहेको बताए । धानबाली र पशुपंक्षीकाे क्षति सम्बन्धमा के राहत दिने छलफल भइरहेको बताउँदै आचार्यले अन्नबालीमा क्षति बेहोरिएका किसानलाई २५ प्रतिशत राहत सरकारले दिने जानकारी दिए ।

सोमबारदेखि अविरल परेको वर्षाका कारण ठूलो क्षति प्रदेश–१ मा ७० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता र १८ जना घाइते भएका छन् । सबैभन्दा धेरै पाँचथरमा २८ र इलाममा १२ जनाको मृत्यु भएको मुख्यमन्त्री आचार्यले सदनसमक्ष जानकारी गराए । बाढीले प्रदेश–१ मा ४० घरमा पूर्ण क्षति र एक हजार आठ सय २५ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७