संसद पुनर्स्थापना ‘अर्ली इलेक्सन’ का लागि भएको होइन : वरिष्ठ नेता पौडेल


६ कार्तिक २०७८, शनिबार
ramchandra paudel
फाइल फोटो

धनगढी, ५ कात्तिक । सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दुई–दुई पटक संसद पुनर्स्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताएका छन् ।

वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गर्न सुदूरपश्चिम हिंडेका पौडेलले आज (शनिबार) धनगढी विमानस्थलमा पत्रकारहरुसँग संसद पुनस्र्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गरेका हुन् ।

नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राखे । फरक प्रसङ्गमा बोल्दै उनले पार्टी महाधिवेशन मंसिरमा तोकिएको समयमा नै हुने दाबी गरे । तोकिएको समयमा अधिवेशन नभए पार्टीको वैधानिकता गुम्ने उनको तर्क थियो ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टीलाई निर्वाचन आयोगले वैधानिक नमान्ने उनको धारणा थियो ।

‘क्रियाशील सदस्यतामा छानबिन समितिले दिएको प्रतिवेदन तल माथि गरेर गम्भिर अपराध गरिएको छ’, उनले भने, ‘पार्टीको छिटो विधि अपनाएर महाधिवेशन गर्नुपर्छ, हामीले वैधानिकता गुमाउनु हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७