कांग्रेस सह–महामन्त्री महत पछि महामन्त्री कोइराला भारत भ्रमणमा


६ कार्तिक २०७८, शनिबार
Shashanka koirala
फाइल फोटो

काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो ।

बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडक मार्गबाट मुम्बई जानेछ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए ।

१४ औं महाधिवेशन संघारमा कांग्रेस नेताहरुको भारत भ्रमण बाक्लिएको छ । असोजको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सहमहामन्त्री प्रकाशशरण महतको टोली पाँच दिने भारत भ्रमणको गरेर फर्किएको थियो ।

कांग्रेस स्रोतका अनुसार महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको बुझिएको छ । कोइरालाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महामन्त्री कोइराला सोमबार नेपाल फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७