प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरिरहेको छ : ओली


६ कार्तिक २०७८, शनिबार
oli 4Wo0Ysg8PA

काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । आज (शनिबार) वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताए ।

‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीको भनाइ छ । प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७