गुट होइन, विचार हेरेर नेता छाने कांग्रेस बलियो हुन्छ : अर्जुननरसिंह केसी


६ कार्तिक २०७८, शनिबार
Arjun narsing KC
फाइल फोटो

नुवाकोट, ५ कात्तिक । सत्तारुढ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुटको अन्त्य गरेर मात्रै पार्टी बलियो हुने बताएका छन् ।

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले दसैं, दीपावली तथा छठ पर्वका अवसरमा शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उनले पार्टी बलियो बनाउन गुट अन्त्य गर्नुपर्ने बताएका हुन् ।

पार्टीभित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्नेमा जोड दिँदै नेता केसीले नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुने जिकिर गरे । उनले पार्टीको आसन्न १४ औं महाधिवेशनमा मतको सही सदुपयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरेमात्रै पार्टी बलियो हुने उनले बताएका छन् । कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको हातमा रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७