बार पदाधिकारीसँगको छलफलपछि प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’


७ कार्तिक २०७८, आईतवार
sarbochha 1

काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् । नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानन्यायाधीशले भोलि नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताएका थिए । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँग आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफलपछि प्रधानन्यायाधीशले यस्तो निर्णय लिएका हुन् ।

वार्तामा सहभागी बारका एक जना पदाधिकारीका अनुसार पछिल्लो समय सर्वोच्चमा देखिएका समस्या र विवादलाई लिएर उक्त ‘फुल कोर्ट’ मा छलफल हुनेछ । प्रधानन्यायाधीश जबरा कांग्रेस नेतृत्वको गठबन्धन सरकारसँग भाग मागेको, गम्भीर मुद्दाहरुको सुनुवाइमा लापरबाही गरेकोसहितका अनेक आरोपबीच घेराबन्दीमा परेका छन् ।

बारका पदाधिकारीहरुले छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटम पनि दिएका छन् । यो कुरा भेट्न जानुअघि अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए । बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।

समितिले न्यायालयभित्रका विकृति औंल्याउँदै यसको अन्त्यका लागि गर्नुपर्ने सुधारसहितको सुझाव दिएको थियो । त्यही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले प्रधानन्यायाधीशलाई दबाब दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७