प्रधानन्यायाधीशले डाकेको ‘फुलकोर्ट’ अनिश्चित, वहिष्कार गरेका न्यायाधीशहरु छलफलमा


८ कार्तिक २०७८, सोमबार
sarbochha 1

काठमाडौं, ८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (सोमबार) का लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ । सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो ।

यसबारे थप निर्णय लिन न्यायाधीशहरु इजलास बस्ने समयमा छलफलमा जुटेका छन् । नेपाल बार एशोसियसनका प्रतिनिधि र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले आजका लागि फुलकोर्ट बैठक बोलाएका थिए । बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी हुन प्रधानन्यायाधीशले आमन्त्रण गरेका थिए ।

प्रधानन्यायधीश जबराले फुलकोर्टमार्फत पछिल्लो समय देखिएका समस्या समाधानबारे आवश्यक निर्णय गरिने बारका पदाधिकारीसँग प्रतिवद्धता जनाएका थिए । तर, न्यायाधीशहरुले प्रधानन्यायाधीशले एजेण्डामा छलफलै नगरी बैठक आह्वान गरेको भन्दै बैठक बहिष्कारको घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७