केपी ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री


२७ फाल्गुन २०७४, आईतवार
PM KP Oli 1

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ अर्थात् दुई तिहाई सांसदको विश्वासको मत प्राप्त गरेका छन् । विपक्षमा ६० मत मात्रै छ । २०१५ सालपछि दुई तिहाई प्राप्त सरकारको नेतृत्व ओलीले गरेका छन् ।

PM KP Oli 1

एकीकृत शक्तिको हिसाबले प्रजातन्त्र आएपछिको सबैभन्दा शक्तिशाली सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । ओलीले आइतबार नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिएका हुन् । संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।

नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी भएनन् । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर छन् ।

इतिहासकै शक्तिशाली सरकार
वर्तमान सरकार इतिहासकै शक्तिशाली हो । मधेसी दलहरुले सहयोग गरेपछि दुई तिहाईको सरकार बनेको छ । उनीहरुले सहयोग नगर्दा पनि सुबिधाजनक बहुमत थियो । सरकार दुई तिहाईको बन्नु मात्रै प्रधानमन्त्रीको लागि सजिलो होइन । सरकारभित्र कति शक्ति छ ? त्यो बढी महत्वपूर्ण हो । त्यस हिसाबले ओलीलाई अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री हुन् । उनले सरकारका मन्त्रीहरु आफू अनुकुल बनाएका छन् । शक्तिशाली मानिएका नेताहरुलाई पाखा लगाएर आफ्ना विश्वास पात्र डा.युबराज खतिवडालाई अर्थमन्त्री बनाएका छन् । आफ्ना विश्वास पात्रहरुलाई मुख्यमन्त्री बनाएका छन् ।

आफ्ना ‘एसम्यान’हरु मुख्यमन्त्री बनेपछि प्रदेश सरकारसँग समन्वय गर्न समेत ओलीलाई सजिलो छ । राष्ट्रपति पनि ओलीले आफूले चाहे अनुसार नै विद्या भण्डारीलाई पुन बनाउन सफल भएका छन् । पार्टी र सरकारमा दुबै ओली सजिलो अवस्थामा छन् ।

विसं २०१५ सालमा नेपालको पहिलो संसदीय निर्वाचनमा प्रतिनिधि सभाका १०९ मध्ये ७४ स्थानमा विजयी नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले भन्दा पनि संसद्बाट बढी समर्थन प्राप्त गरेका थिए ।

आइतबारको संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले इतिहासकै शक्तिशाली सरकार बनेको बताए । उनले इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरे । भने, ‘नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७