शेयर बजारमा सुधार : तीन दिनमा १९४ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली


९ कार्तिक २०७८, मंगलवार
Share Bull and Bear1613396466

काठमाडौं, ९ कात्तिक । लगातार तेस्रो कारोबार दिन पनि शेयर बजार कारोबारमा सुधार देखिएको छाएको छ । साताको तेस्रो आज (मंगलबार) शेयर बजार परिसूचक नेप्से ७८.८२ अंकले वृद्धि हुँदा २७५१.०७ अंकमा बन्द भएको छ ।

यो साताको तीन कारोबार दिनमा नै नेप्सेमा करिब १९४ अंकको वृद्धि भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्न थालेको छ । आइतबार तीन अर्बभन्दा तल रहेको कारोबार रकम आज ६ अर्ब नाघेको छ । आज नेप्सेमा एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेसँगै बजारमा सबै उपसूचमा हरियाली छाएको छ । बजार परिसूचक नेप्सेमा २.९५ प्रतिशतले बढोत्तरी हुँदा होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ७.५१ प्रतिशत, वित्त कम्पनी उपसूचक ५.६१ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.३३ प्रतिशत, लगानी उपसूचक ४.५ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले बढेको छ ।

त्यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.४४ प्रतिशतले बढेको छ । आज नेप्से १८७ कम्पानीको शेयर कारोबारमा आएकोमा १७९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबारमा आएकोमध्ये सात कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कुल १५ कम्पनीको सेयर मूल्य बढेर सर्किट मूल्यमा बन्द भएको छ ।

साना किसान विकास बैंकको शेयर मूल्यमा सर्वाधिक २ प्रतिशतको गिरावट हुँदा रैराङ हाइड्रोपावरको सेयर मूल्य ०.९७ प्रतिशतले घटेको छ । आज बजारमा कामना सेवा विकास बैंकले कारोबार रकममा लिड गरेको छ । कामनाको सर्वाधिक ४४ करोड ७४ लाख ५८ हजारको कारोबार हुँदा नबिल बैंकको ३४ करोड ७८ लाख ७७ हजार र एनआईसी एशिया बैंकको २४ करोड ५५ लाख १५ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७