कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग


१० कार्तिक २०७८, बुधबार
money new
सांकेतिक तस्विर

मोरङ, १० कात्तिक । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो ।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो ।

‘व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौं’, डङ्गोलले भने । संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम समेत गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७