ओलीलाई देउवाको जवाफ : परमादेश दिने सबै न्यायाशीध हटाउनु पर्छ भन्ने कुरा गैरजिम्मेवार


१० कार्तिक २०७८, बुधबार
kp oli deuwa

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादको विषयमा धेरै बोल्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारूढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको उल्लेख गरे ।

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरू कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन् न्यायालय सम्बन्धमा, सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन’, उनले भने, ‘मैले तपाईंहरूलाई भनेको भन्यै छु, हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए । उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता–कार्यकतालाई आह्वान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७