एमाले केन्द्रीय कमिटी बैठक बस्दै


१२ कार्तिक २०७८, शुक्रबार
amale 2 1

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १० औं महाधिवेशनका लागि १,५३६ प्रतिनिधि चयन गर्ने भएको छ ।

आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १० औं राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताए । एमालेले १० औं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७