तालिबानले तोक्यो पाकिस्तानका लागि कार्यवाहक राजदूत


१३ कार्तिक २०७८, शनिबार
taliban 1month Zcy4NaQVHY

काठमाडौं, १३ कात्तिक । अफगानिस्तानको तालिबान सरकारको विदेश मन्त्रालयले पाकिस्तानको राजधानी इस्लामाबादस्थित दूतावास र अन्य सहरका वाणिज्य दूतावासको लागि नयाँ कार्यवाहक दूत र अन्य अधिकारी नियुक्त गरेको छ ।

अफगानिस्तानको निजी टेलिभिजन च्यानल एरियाना न्युजले उक्त जानकारी दिएको हो । त्यस्तै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सरकारले प्रथम सचिवको रुपमा नियुक्त गरिएका मोहम्मद शोकेबलाई कार्यवाहक राजदूत बनाएको हो ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाउनुभन्दा पहिला गत जुलाईमा सरकारले राजदूतकी छोरीको अपहरणको मामिलामा आपत्ति जनाउँदै राजदूत फिर्ता बोलाएको थियो । पाकिस्तानले आधिकारिकरुपमा तालिबानको सरकारलाई मान्यता दिएको छैन । औपचारिक पद भने दिइने छैन । यद्यपि मोहम्मद शोकेबले राजदूतको जिम्मेवारी निर्वाह गर्नेछन् । पाकिस्तानले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७