पौडेल–सिटौलालाई मिलाउने कोशिसमा गगन, भने, ‘कृष्ण दाइको नेतृत्वमा कांग्रेसमा परिवर्तन’


१३ कार्तिक २०७८, शनिबार
gagan thapa kishna sitaula PdWJvhk2uO

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेस नेता गगन थापाले १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीद्वारा शनिबार आयोजित कार्यक्रममा नेता थापाले कृष्णप्रसाद सिटौलाकै नेतृत्वमा कांग्रेस नेतृत्व परिवर्तनका लागि उपयुक्त निर्णय गरिने बताए ।

‘अघिल्लो पटक जसरी आदरणीय नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामी एकजुट भएर पार्टीभित्र बदलावको प्रयास गर्‍यौं । एउटा अभ्यास गर्‍यौं । एउटा प्रयत्न गर्‍यौं । ४–५ वर्ष हेर्‍यौं । आजका दिनमा कांग्रेसको आवश्यकता महसुस गरेर नेतृत्वबारे के गर्दा हुन्छ भन्ने कुरालाई पनि विश्लेषण गरी कृष्ण दाइकै नेतृत्वमा पार्टीभित्र सही र उपयुक्त निर्णय गर्न एक ठाउँमा रहेर पुग्छौं,’ थापाले भने । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकट देखिएका थापाले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

नेता थापाले अर्ली इलेक्सनको सम्भावना नरहेको भन्दै स्थानीय चुनावदेखि नै कांग्रेस एक्लै चुनाव लड्ने बताए । ‘वैशाखमा स्थानीय चुनाव हुन्छ । मंसिरमा आम चुनाव हुन्छ । मैले बुझेको यति हो,’ थापाले थपे, ‘कांग्रेस एक्लै चुनाव लड्छ । कोहीसँग टाँसिन चाहन्न । कांग्रेस स्थानीय चुनाव पनि एक्लै लड्नु पर्छ । कांग्रेसले आम चुनाव पनि एक्लै लड्नु पर्छ ।’

नेता थापाले थपे, ‘कांग्रेस स्थानीय र आम चुनाव एक्लै लड्छ कसैसँग टाँसिएर लड्दैन । स्थानीय र आम दुवै एक्लै लड्नु पर्छ ।’ इलेक्सन पछाडि बहुमत पुगेन भने मात्र मिलेर सरकार बनाउने उनको भनाइ थियो । डेढ वर्षको कांग्रेस नेतृत्व सरकारले गरेका काम र पाँच वर्षमा गर्ने योजनाका साथ जनताको माझमा जानुपर्ने थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७