यी प्रदेशमा वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात


१४ कार्तिक २०७८, आईतवार
kathamandu upatiyaka scaled

काठमाडौं, १४ कात्तिक । केहि दिनयता देशभर तापक्रम घट्दै गएको छ । जसका कारण जाडो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आज (आइतबार) मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज राति प्रदेश–१, वागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७