प्रधानमन्त्री देउवा स्कटल्याण्डमा, काेप-२६ सम्मेलनलाई सम्वोधन गर्दै


१५ कार्तिक २०७८, सोमबार
pm deuba

काठमाडौं, १५ कात्तिक । स्कटल्याण्डको ग्लास्गो शहरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीआई) को २६ औं संस्करणको सम्मेलन शुरु भएको छ । कोभिडका कारण गत वर्ष सम्पन्न हुन नसकेको उक्त सम्मेलनमा संसारभरका १९६ मुलुकका राष्ट्र प्रमुखहरूले तथा २० हजार प्रतिनिधिहरू सहभागी हुने भनिएको छ ।

यस सम्मेलनलाई सन् २०१५ पछिको महत्वपूर्ण सम्मेलनको रुपमा हेरिएको छ । विकसित तथा धनी मुलुकहरूले पृथ्वीको तापमान १.५ सिमि गर्ने प्रतिबद्धता गरेका थिए । तर प्रतिवद्ध गरे अनुसार कार्बन उत्सर्जन न्युनिकरण नगरेको प्रतिवेदन सार्वजनिक भईसकेको छ । त्यसैले यो सम्मेलनमा धनी मुलुकहरूलाई आफनो प्रतिवद्धता पुरा गर्नका लागि जिम्मेवार बन्न पहल हुनेछ ।

उनीहरूले जलवायुजन्य संकट न्युनिकरणका लागि विकासोन्मुख मुलुकहरूलाई आर्थिक सहयोग गर्न थप जिम्मेवार बनाइनेछ । उक्त सम्मेलन नोभेम्बर १२ सम्म हुनेछ । औपचारिक भेलामा अन्तराष्ट्रिय समुदाय माझ नेपालले पनि आफना मागहरू प्रस्तुत गर्नेछ । ईटालीको रोममा जी २० मुलुकहरूको बैठक लगतै कोप २६ शुरु भएको हो । नेपाल सरकारले तीन वटा कार्ययोजना पारित गर्न जलवायुजन्य असरसँग जुध्नका लागि सन् २०५० सम्ममा करिब ५० खर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गरेको छ ।

विश्वले चासोका साथ हेरेको उक्त सम्मेलनको पुर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरीस जोनसनले संसारले जलवायु संकटको सवालमा ‘सत्यको क्षण’ सामना गर्न लागेको बताएका छन् । पूर्व सन्ध्यामा युवाहरूलाई सम्बोधन गर्ने क्रममा कोप २६ का अध्यक्ष तथा बेलायती सांसद आलोक शर्मालाई रोकेका थिए । युवा अभियन्ताहरूले उनलाई बेलायत सरकारको पक्ष लिएको आरोप लगाए । सरकारलाई तेल उत्पादनमा सहयोग गरेको भन्दै उनलाई ‘ढोंगी’ भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा कोप–२६ अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति पुगेका छन् । त्यहाँ स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्ता समेत गर्नेछन् । भ्रमणका दौरान उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपश्चात सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७