विभिन्न ठाउँबाट २९ जुवाडे पक्राउ


१६ कार्तिक २०७८, मंगलवार
Juwa Tas Khal 1536x900 1

काठमाडौं, १६ कात्तिक । भक्तपुर, तनहुँ, नवलपरासी (पूर्व) र कञ्चनपुरबाट २९ जुवाडे पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका–७, गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेशलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६९ हजार ७५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडा, भीमसेन चोकस्थित थकाली भान्साघरमा तास खेलिरहेको अवस्थामा शुक्लागण्डकी–९ बस्ने ४० वर्षीय सूर्यबहादुर विकलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५८ हजार ४९५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१०, भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यु तन्दुरी होटेल एन्ड रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीरामलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोट र अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख २५ हजार ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरिया बस्ने ४० वर्षीय भीमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा बोहरालगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ हजार १८५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७