काबुलको सैनिक अस्पताल छेउमै बम विष्फोट : कम्तीमा १९ को मृत्यु, ४३ घाइते


१६ कार्तिक २०७८, मंगलवार
kabul

काबुल, १६ कात्तिक । अफगानिस्तानको राजधानी काबुलको सैनिक अस्पताल छेउम बम विष्फोट र त्यसपछि भएको गोली प्रहारबाट कम्तीमा १९ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शी र सरकारका एक प्रवक्ताका अनुसार अफगान राजधानी काबुलको सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल नजिकै गोली चलेको आवाज पनि सुनिएको थियो । इस्लामिक इमिरेटका प्रवक्ता बिलाल कारिमीले ४०० शैयाको अस्पतालको प्रवेशद्वारमा कम्तीमा दुई वटा बम विष्फोट भएको जानकारी दिएका छन् ।

घटनाको तत्काल कसैले पनि जिम्मेवारी लिएको छैन । तर, प्रत्यक्षदर्शीहरूले आईएसआईएसका थुप्रै लडाकुहरू अस्पतालमा प्रवेश गरेको र सुरक्षा फौजहरूसँग झडप भएको बताएका छन् । यद्यपि, अहिलेसम्म यसको स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन । घटनापछि तालिबान विशेष फौज पठाइएको गृह मन्त्रालयले जनाएको छ । अलजजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७