तिहारमा पानी पर्ने सम्भावना छ कि छैन ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


१७ कार्तिक २०७८, बुधबार
kathamandu upatiyaka scaled

काठमाडौं, १७ कात्तिक । आज (बुधबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले जानकारी दिइन् ।

‘पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हल्का तथा छिटफुट वर्षा भए पनि मध्यम वा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली छैन’, मौसमविद् वासीले भनिन् । तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो ।

‘विस्तारै तापक्रम घट्दै जाँदैछ । एकै पटक घट्दैन, विस्तारै विस्तारै तापक्रम घट्दै छ । दिनको एक डिग्री वा केही पोइन्टमा तापक्रम घटिरहेको छ’, उनी भन्छिन् ।

काठमाडौंमा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने उनले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार (कुकुर तिहार) देखि तीन दिन अर्थात् शुक्रबार (गोवर्द्धन पूजा) सम्म मौसम कस्तो रहला भन्ने सम्भावित विवरण सार्वजनिक गरेको छ ।
यस्तो छ, तीन दिनको मौसम अनुमान
बुधबार

दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश– १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७