इन्ज्युरी समयमा गोल गर्दै रोनाल्डोले जोगाए युनाइटेडलाई


१७ कार्तिक २०७८, बुधबार

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग अन्तर्गतको मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड एटलान्टासँग बराबरीमा रोकिएको छ ।

समूह एफ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको १२ औं मिनेटमा जोसिप इलिकिकको गोलबाट एटलान्टाले अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै दोस्रो हाफको ५६ औं मिनेटमा डुभान जापाटाले एटलान्टाका लागि एक गोल थपे । यद्यपि यो अग्रता खेलको अन्तिमसम्मा एटलान्टाले बचाइराख्न सकेन । दोस्रो हाफको इन्ज्युरी समयमा रोनाल्डोले अर्को एक गोल गरे ।

बराबरीसँगै म्यानचेस्टर युनाइटेड समूहको शीर्षस्थानमा यथावत छ । उसले चार खेलबाट ७ अंक हासिल गरेको छ । एटलान्टा भने समान खेलबाट पाँच अंकसहित समूहको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७