एमाले महाधिवेशन : तीन घण्टामा नतिजा

सात लाख २८ हजार संगठित सदस्यहरूबाट कसरी छानिन्छ १,९९९ प्रतिनिधि ?


१७ कार्तिक २०७८, बुधबार
kp sharma oli nCAkzXpDjq

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) को १० औं महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, ‘मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ ।’

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार , महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ ।

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो । महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदैछ ।

सात लाख २८ हजार संगठित सदस्यहरूबाट कसरी छानिन्छ १,९९९ प्रतिनिधि ?
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन नजिकिँदो छ । महाधिवेशन मंसिर १०–१२ मा चितवनमा हुने तय छ । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

एमाले महाधिवेशनमा सात लाख २८ हजार संगठित सदस्यहरूबाट १,९९९ प्रतिनिधि हुनेछन् । कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छनोट गरिँदै छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि कात्तिक २७ गते निर्वाचन गर्ने निर्णय यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ ।

महाधिवेशनका लागि पदेन, निर्वाचित र मनोनीत गरी तीन प्रकारका प्रतिनिधिहरू हुने एमालेले जनाएको छ । पदेन प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू हुनेछन् ।

अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा प्रतिनिधिका विषयमा उल्लेख छ । जसअनुसार प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना निर्वाचित प्रतिनिधि हुनेछन् ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन क्षेत्रमा १२ सयभन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप एक÷एकजना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७