लक्ष्मीपूजाको दियोबाट अनामनगरको कार्की भवनमा आगलागी


१९ कार्तिक २०७८, शुक्रबार
anamnagar karki buldig fire Nntp4dqNLG

काठमाडौं, १९ कात्तिक । लक्ष्मीपूजाको दियोबाट अनामनगरस्थित कार्की भवनमा बिहीबार राति आगलागी भएको छ । लक्ष्मी पूजा गरेको दियोबाट सल्किएको आगोले कार्की भवनको दोस्रो तल्ला जलेको छ । बिहीबार साँझ पौने ८ बजेको समयमा कार्की भवनमा आगलागी भएको हो ।

भवनको दोस्रो तल्लास्थित फर्निचर मलमा फैलिएको आगोले सबै सामग्री जलेका छन् । त्यहाँ दमकल पुगेर आगो नियन्त्रणमा लिएको छ । कार्की भवनमा आगो लागेपछि त्यसक्षेत्रको बिजुली पनि काटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७