दाङमा युवकको कुटेर हत्या


२१ कार्तिक २०७८, आईतवार
death

दाङ, २१ कात्तिक । दाङमा एक युवकको कुटपिट गरी हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरुको लाठ्ठि र धारिलो हतियार प्रहारबाट पुन्को हत्या भएको हो । घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न रहेकाहरु सबै फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाबीच पहिलेदेखि मनमुटाव रहेको र शनिबार भेट भएपछि घटना घटेको पाइएको डीएसपी अर्यालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७